एकैपटक याडियाको तीन स्कुटर GS70, GT70 र GT80 सार्वजनिक

लोकपथ
0
Shares

काठमाडौं । विश्वकै उत्कृष्ट दुई पाङ्ग्रे सवारीसाधन ब्राण्ड ‘याडिया’ ले नेपाली बजारमा एकैपटक तीन वटा ईलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ ।

नेपालका लागि याडियाको आधिकारिक वितरक कुजु नेपालले तीन मोडल जीएस सेभेन्टी, जीटी सेभेन्टी र जीटी एइटी सार्वजनिक गरेको हो ।

दैनिक रुपमा प्रयोग गर्नेदेखि प्रिमियम राइडिङको अनुभव लिन चाहनेहरुका लागि लक्षित गरेर याडियाले तीन भेरियन्टलाई बजारमा ल्याएको जनाएको छ ।
दैनिक प्रयोग, लामो रेन्जदेखि राम्रो पफर्मेन्स लगायतका विशेषता रहेका तीन मोडलको बारेमा विस्तृतमा तल उल्लेख गरिएको छ ।

सबैभन्दा पहिला कुरा गरौँ GS 70 बारे

तीन भेरियन्टमध्ये मूल्यको हिसावले रेजेनेबल मोडल हो GS 70 (जी एस सेभेन्टी) । जसको मूल्य २ लाख ३० हजार रहेको छ । यसमा २ दशमलव १ केडब्ल्यू एच एलएफपी ब्याट्री, २ दशमलव ८ किलोवाटको ब्याट्री प्याक रहेको छ । जसले १०५ किलोमिटरसम्मको रेन्ज दिन्छ अर्थात् फूल चार्ज गरेर चलाउँदा तपाईँले १०५ किलोमिटरसम्मको यात्रा पार गर्न सक्नुहुनेछ । दैनिक कामकाजका लागि होस् या छोटो यात्राका लागि यो स्कुटर उपयोगी हुनेछ ।

अब कुरा गरौँ अर्को भेरियन्ट GT 70 बारे

GS 70 को तुलनामा अझै राम्रो फिचर्स र रेन्जसहित सार्वजनिक भएको छ, याडियाको GT 70 । मूल्य ३ लाख ६५ हजार पर्ने जीटी सेभेन्टीमा ५ दशमलव ७ केडब्ल्यू एचको डबल ब्याट्री सेटअप रहेको छ, जसमा ३ दशमलव ६ केडब्ल्यूएच अर्थात् किलोवाट आवर र २ दशमलव १ केडब्ल्यूएच अर्थात् किलोवाट आवर रिमुभेबल ब्याट्री रहेको छ । यसमा ३ दशमलव ७ किलोवाटको मोटर रहेको छ । यसले २२० किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ । दैनिक प्रयोग गर्न होस् या रेन्जका कारण लामो यात्राका लागि समेत यो उपयोगीशिद्ध हुने कम्पनीको विश्वास रहेको छ ।

अब कुरा गरौँ अर्को मोडल GT 80 बारे

यदी तपाईँ राम्रो पफर्मेन्स भएको स्कुटर खोज्दै हुनुहुन्छ भने GT 80, तपाईँले खोजेको स्कुटर हुन सक्छ । मूल्य ३ लाख ३० हजार पर्ने जीटी एइटीमा ३ दशमलव ६ केडब्ल्यूएच ब्याट्री र ५ किलोवाटको मोटर दिइएको छ । यसले १५० किलोमिटरसम्म रेन्ज दिने क्षमता राख्दछ भने ८० किलोमिटर आवरको टप स्पीड दिने क्षमता जीटी एइटीले दिन्छ । यदी तपाईँ रेन्ज भन्दा स्पीड र राम्रो परफमेन्स चाहनुहुन्छ भने याडियाको जीटी एइटी तपाईँका लागि उपयोगी बन्न सक्छ ।

याडियाले एकैपटक बजारमा ल्याएको जीएस सेभेन्टी (GS 70), जीटी सेभेन्टी (GT 70)र जीटी एइटी (GT 80)मा आ–आफ्नै विशेषता रहेका छन् । अर्थात् तीन वटालाई एक शब्दमा बुझ्ने हो भने जीएस सेभेन्टी दैनिक आवतजावत र घरायसी प्रयोगका लागि अति उपयुक्त साधन बन्न सक्छ । अर्को भेरियन्ट जीटी सेभेन्टी भने लामो दूरी यात्रा र बढी रेन्ज चाहनेहरुका लागि बनाइएको रेन्ज च्याम्पियनका रुपमा बुझ्न सकिन्छ भने जीटी एइटी अझ बढी पावर, गति र उत्कृष्ट प्रदर्शनका लागि केन्द्रित गरेर बनाइएको परफर्मेन्स भेरियन्ट हो ।

तीनवटै भेरियन्टमा स्मार्ट जडान सुविधा, टीएफटी स्मार्ट डिस्प्ले, नेभिगेसन मिररिङ, ब्लुटुथ जडान, याडिया स्मार्ट एप र स्मार्ट चाबीविहीन पहुँच जस्ता सुविधा दिइएका छन् ।
सुरक्षाको कुरा गर्दा पनि ट्र्याक्सन कन्ट्रोल, क्रुज कन्ट्रोल, उकालोमा रोक्दा सहयोग गर्ने ह्वील होल्ड कन्ट्रोल, ओरालोमा नियन्त्रण कायम राख्ने ह्वील डिसेन्ट कन्ट्रोल र दुईवटा डिस्क ब्रेक जस्ता सुविधा उपलब्ध छन् ।

अनि विद्युतीय स्कुटर किन्दा सबैभन्दा धेरै चासो ब्याट्रीमा केन्द्रित हुने गर्दछ । ब्याट्रीको कुरा गर्दा याडियाले ३ वर्ष वा ५०,००० किलोमिटर, जुन पहिले पुग्छ त्यति अवधिसम्मको वारेन्टी दिएको छ ।

यी तीनवटै नयाँ याडिया स्कुटर दोस्रो संस्करणको नाइमा अटो शोमा पनि प्रदर्शन गरिनेछ ।

अझ नाइमा अटो शोको अवसरमा १०,००० सम्मको छुट उपलब्ध भएकाले याडियाका यी स्कुटर किन्न चाहनेहरूका लागि यो प्रदर्शनी अझ आकर्षक बन्ने देख्छि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?