पहिरोले तातोपानी नाका तीन सातादेखि अवरुद्ध, नेपाल-चीन व्यापार ठप्प

लोकपथ
0
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाल–चीन व्यापारको प्रमुख प्रवेशद्वार तातोपानी नाका तीन साताभन्दा लामो समयदेखि अवरुद्ध हुँदा नेपाल र चीनबीचको वैदेशिक व्यापार प्रभावित भएको छ ।

तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दीपेन्द्रप्रकाश गिरीका अनुसार विभिन्न स्थानमा गएको पहिरोका कारण नाका जोड्ने सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि चीनतर्फबाट मालवाहक सामान बोकेका कन्टेनर नेपाल भित्रिन सकेका छैनन् ।

‘नाकामा सडक अवरुद्ध भएकाले चीनतर्फबाट मालवाहक सामानसहितका कन्टेनर पनि भित्रिन सकिरहेका छैनन्,’ गिरीले भने, ‘सडक कहिलेदेखि सञ्चालन हुने अहिलेसम्म कुनै टुङ्गो लागेको छैन ।’

तातोपानी नाका लामो समयदेखि बन्द हुँदा चीनबाट नेपालमा हुने आयात प्रभावित भएको छ भने व्यापारिक गतिविधि समेत ठप्पजस्तै बनेको छ । सडक सञ्चालनमा नआएसम्म नाकाबाट नियमित रूपमा हुने व्यापार पुनः सञ्चालन हुन कठिन हुने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?