काठमाडौं । ग्लोबल आइएमई बैंकले युवापुस्तालाई लक्षित गर्दै ‘ग्लोबल नेक्स्ट जेन अकाउन्ट’ सञ्चालनमा ल्याएको छ । अब यो खाता खोल्न बैंकको शाखामा जानुपर्ने छैन ।
बैंकका अनुसार राष्ट्रिय परिचयपत्र वा राहदानी भएका ग्राहकले घरमै बसेर अनलाइनमार्फत खाता खोल्न सक्नेछन् । अनलाइन आवेदन दिएपछि खाता तत्काल सञ्चालनमा आउने व्यवस्था गरिएको छ ।
यो खातामा न्यूनतम मौज्दात राख्नुपर्ने छैन । ग्राहकले घरमै बसेर मोबाइल बैंकिङ सेवा पनि सञ्चालन गर्न सक्नेछन् । मोबाइल बैंकिङ सेवाको पहिलो वर्ष कुनै शुल्क नलाग्ने बैंकले जनाएको छ ।
बैंकका अनुसार ‘ग्लोबल नेक्स्ट जेन अकाउन्ट’मा आकर्षक ब्याजदरको सुविधा पनि उपलब्ध छ ।
पूर्ण रूपमा डिजिटल माध्यमबाट छिटो र सहज तरिकाले खाता खोल्न सकिने भएकाले यो सेवा विशेषगरी युवापुस्ताका लागि उपयोगी हुने बैंकको विश्वास छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया