काठमाडौं । टाटा मोटर्सको विद्युतीय एसयूभी पन्च ईभीको फेसलिफ्ट संस्करण नेपाली बजारमा सार्वजनिक भएको छ ।
शुक्रबार टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रडिङ प्रालिले टाटाको नयाँ पन्च ईभी नेपालमा सार्वजनिक गरेको हो ।
फेसलिफ्ट मोडललाई टाटा मोटर्सले ठूलो ब्याट्री, नयाँ र थप आकर्षक डिजाइन र प्रिमियम फिचर्ससहित बजारमा ल्याएको हो ।
अघिल्लो संस्करण भन्दा थप परिमार्जन गरिएको उक्त पन्च ईभीमा पहिलेको भन्दै ठूलो ब्याट्री प्रयोग गरिएको कम्पनीले जनाएको छ । दुई ब्याट्री विकल्प उपलब्ध गराइएको ईभीमा ३० किलोवाट आवर र ४० किलोवाट आवरको ब्याट्री प्रयोग गरिएको छ ।
फिचर्सको कुरा गर्दा थप प्रिमियम फिचर्सहरु एड गरिएको छन् । यसको अगाडिको डिजाइन, पछाडीको लाइट, ड्यासबोर्ड लगायत परिमार्जन गरिएको छ ।
कम्पनीका अनुसार ४० किलोवाटको ब्याट्रीको एआरएआई प्रमाणित रेन्ज ४ सय प्लस किलोमिटर र वास्तविक प्रयोगमा ३०० देखि ३१५ किलोमिटरको बिचमा रहनेछ ।
नयाँ पन्च ईभीमा जडान गरिएको शक्तिशाली मोटरले गर्दा शून्यदेखि १०० किमी प्रतिघण्टा ९ सेकेन्डमा हासिल गर्न सक्ने कम्पनीको दाबी रहेको छ । ४ स्तरको रिजेनेरेटिभ ब्रेकिङ र ३ ड्राइभ मोड रहेको छ ।
ग्राउन्ड क्लियरेन्सको कुरा गर्दा पहिलेको भन्दै बढेको छ । यसअघिको पन्च ईभीमा १९० मिलिमिटर (एमएम) ग्राउण्ड क्लियरेन्स रहेकोमा अहिले १९५ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ ।
नेपाली सडकका लागि उपयुक्त हुने फिचर्सहरुका कारण शहरदेखि गाउँसम्मका जुनसुकै सडकमा समेत यसले निधक्कताका साथ जान सक्ने कम्पनीको विश्वास रहेको छ ।
४५० एमएम वाटर वेडिङ क्षमता भएकाले खराब सडक तथा पानी जमेको क्षेत्रमा पनि सहजै रुपमा यसले आफ्नो प्रस्तुती दिन सक्नेछ ।

नयाँ पन्च ईभीमा चार्जिङ क्षमतामा उल्लेखनीय सुधारहरु गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार डीसी फास्ट चार्जर प्रयोग गर्दा उक्त उक्त ईभीलाई २० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज केवल २६ मिनेटमा पूरा गर्न सकिन्छ । त्यसो त केवल १५ मिनेट मात्रै चार्ज गर्दा पनि १३५ किलोमिटर रेन्ज प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
यसअघिको पन्च ईभीको टप भेरियन्टको मूल्य ३९ लाख ९९ हजार रुपैयाँ रहेको छ । तर नयाँ पन्च ईभीको मूल्य भने आज सार्वजनिक गरिएन । नाइमा अटो शोमा त्यसको मूल्य सार्वजनिक गरिने सिप्रदी ट्रेडिङ प्रालिका प्यासेन्जर भेइकल युनिटका प्रमुख सावन्तजंग सिजापति बताउँछन् । नयाँ फिचर्स, ठूलो ब्याट्री ब्याकअपसहित बजारमा ल्याइएको नयाँ पन्च ईभीको मूल्य यसअघिको भन्दा कम हुने सिजापतिको दाबी छ ।
‘हामीले आजबाट नयाँ पन्च ईभी बजारमा ल्याएका छौँ । यसको मूल्य नाइमा अटो शोमा सार्वजनिक गरिनेछ । यद्यपि यसको मूल्य बजारमा पाइने ह्याचब्याग कारकै मूल्यमा उपलब्ध हुनेछ,’ सिजापतिले भने ।
आज सार्वजनिक गरिएको पन्च ईभी तीन भेरियन्टमा उपलब्ध हुनेछ ।
नयाँ पन्च ईभी केवल आकर्षक डिजाइनमा मात्र सीमित छैन, यसले आधुनिक प्रविधि, आराम र सुरक्षालाई समेत ध्यान दिन्छ । बाहिरी स्वरुपमा एलईडी हेडलाइट, डीआरएल, कनेक्टेड एलईडी टेलल्याम्प र १६ इन्चसम्मका अलोय ह्विलले यसलाई आधुनिक र प्रिमियम लुक्स दिएको छ ।
सुरक्षाका दृष्टिले नयाँ पन्च ईभीलाई उच्च प्राथमिकता दिइएको छ। यसमा हिल होल्ड असिस्ट, ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, टायर प्रेसर मोनिटरिङ सिस्टम र आइसोफिक्स चाइल्ड माउन्ट जस्ता स्ट्यान्डर्ड फिचर उपलब्ध छन्। साथै, ३६० डिग्री क्यामेरा पाउन सकिन्छ ।

सुरक्षालाई उच्च प्राथमिकता दिएको नयाँ पन्च ईभीमा हिल होल्ड असिस्ट, ६ एयर ब्याग, इलेक्ट्रोनिक स्टेबलिटी कन्ट्रोल, टायर प्रेसर मनिटरिङ सिस्टम र आइसोफिक्स चाइल्ड माउन्ट जस्ता स्ट्यान्डर्ड फिचर्सहरु उपलब्ध रहेका छन् । ३६० डिग्री भ्यू क्यामेराले तपाईँ गाडीमै बस्दा समेत आफ्नो सवारीको सुरक्षाको अवस्थाबारे जानकारी लिन सक्नुहुनेछ ।
इन्टेरियरमा प्रिमियम डुअल–टोन ड्यासबोर्ड, फ्रन्ट भेन्टिलेटेड लेदरेट सिट, भ्वाइस–असिस्टेड इलेक्ट्रिक सनरुफ, १० दशमलव २५ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, बिग डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, वायरलेस चार्जर, अटोमेटिक क्लाइमेट कन्ट्रोल र एयर प्युरिफायर जस्ता आधुनिक सुविधा उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
आगामी साउन २६ गतेबाट काठमाडौंमा सुरु हुने नाइमा अटो एक्स्पोमा टाटाको नयाँ पन्च ईभीले ग्राहकहरुको ध्यान तान्ने कम्पनीको दाबी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया