सुनको मूल्य घट्दा चाँदी भने बढ्यो, कतिमा हुँदैछ आज कारोबार ?

लोकपथ
280
Shares

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले घटेको हो ।

अघिल्लो दिन २ लाख ८४ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १ हजार रुपैयाँले घटेर २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १० रुपैयाँले बढेको हो ।

मंगलबार ४ हजार ३१० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर ४ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार २९ र चाँदी ५७ अमेरिकी डलरमा किनबेच भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?