काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको घटनालगायत पछिल्ला समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक सुरु भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारमा बैठक बसेको हो । बैठकमा विभिन्न राजनीतिक दलका शीर्ष नेता र प्रतिनिधिहरू सहभागी छन् ।
सुनसरीको घटनापछि समाजमा सद्भाव कायम राख्न, शान्ति सुरक्षा मजबुत बनाउन र आपसी द्वेष कम गर्न राजनीतिक दलहरूबीच साझा धारणा बनाउन बैठक आयोजना गरिएको हो ।
बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका महासचिव शंकर पोखरेल, जनमत पार्टीका अध्यक्ष सीके राउत, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरू सहभागी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया