त्रिवि प्रश्नपत्र ‘लिक’ प्रकरण : थप दुई जना पक्राउ

लोकपथ
420
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको पहिलो वर्षको प्रथम सेमेस्टरको प्रश्नपत्र लिक प्रकरणमा प्रहरीले थप २ जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले यसअघि नै केही व्यक्तिहरुलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

सीआईबीको टोलीले आइतबार र सोमबार थप एकएक जनालाई पक्राउ गरेको ब्यूरोका सूचना अधिकारी एसएसपी अनुपम शमशेर जबराले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेहरुमा रौतहटका २५ वर्षीय अतुलकुमार मिश्र र पर्साका ३१ वर्षीय अब्दुल सानि हाकिम रहेका छन् ।

एमबीएस प्रथम सेमेस्टरको अर्गनाइजेस्नल बियबियर (ओबि) को प्रश्नपत्र लिएको भएको सन्दर्भमा छानबिन गर्न समिति नै गठन गरिएको छ ।
परीक्षा सुरु भएको केही समयमा नै प्रश्नपत्र विभिन्न ग्रुपहरुमा सार्वजनिक भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?