ओलीलाई भेट्न किन गुण्डु जाँदै छन् विष्णु पौडेल र शंकर पोखरेल ?

लोकपथ
140
Shares

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेल आज भक्तपुरको गुण्डुस्थित निवास जाँदै छन् ।

उनीहरू प्रदेश सरकार गठनका विषयमा नेकपासँग भएको सहमति र त्यसपछि पार्टीभित्र देखिएको मतभेदबारे अध्यक्ष ओलीसँग छलफल गर्न लागेका हुन् । ओलीको सचिवालयका अनुसार दुवै नेता अपराह्न ३ बजे गुण्डु पुग्नेछन् ।

प्रदेश सरकार गठनका लागि नेकपासँग तीनबुँदे सहमति गर्दा पार्टीमा पर्याप्त छलफल नगरेको भन्दै केही नेताले असन्तुष्टि जनाएका छन् ।

यस्तै, कोशी र लुम्बिनी प्रदेशमा मुख्यमन्त्री परिवर्तन गर्ने तथा बागमती प्रदेशमा संसदीय दलका नेता बाहेक अरूलाई मुख्यमन्त्री बनाउने चर्चा पनि पार्टीभित्र विवादको विषय बनेको छ । पौडेल र पोखरेलले यी विषयमा पनि अध्यक्ष ओलीसँग छलफल गर्नेछन् ।

यसैबीच, निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि बनेको कार्यदलको प्रतिवेदन पनि लगभग तयार भएको छ । त्यसमा समेटिएका सुझाव र विषयबारे पनि उनीहरूले अध्यक्ष ओलीसँग कुराकानी गर्ने तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?