संघीय संसद्का तीन समितिको बैठक आज, वार्षिक कार्ययोजना, अभिमुखीकरण र सीमा सुरक्षाबारे छलफल

लोकपथ
7
Shares

काठमाडौं । संघीय संसद् अन्तर्गतका तीनवटा समितिको बैठक आज बस्ने भएको छ ।

संघीय संसद् सचिवालयका अनुसार आज विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति तथा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक तय गरिएको छ ।

बिहान ११ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजना तयारीका विषयमा छलफल हुनेछ ।

उही समयमा बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा अभिमुखीकरण कार्यक्रमसम्बन्धी विषयमा छलफल गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

यस्तै, दिउँसो २:३० बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा दक्षिणी सीमा क्षेत्रका नागरिकको शान्ति–सुरक्षासम्बन्धी विषयमा छलफल हुने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?