सुर्खेत । कर्णाली प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले एमाले नेतृत्वको सरकारलाई अस्वीकार गर्ने भएको छ ।
नेकपा कर्णाली प्रदेश संसदीय दलले एमालेबाट मुख्यमन्त्री बनेका यामलाल कँडेल नेतृत्वको सरकारविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेसँगै कँडेल मुख्यमन्त्रीबाट बहिर्गमन हुने निश्चित प्रायः भएको छ ।
आज बिहीबार बिहान बसेको नेकपा कर्णाली प्रदेश संसदीय दलको बैठकले सो निर्णय गरेको हो ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीका अनुसार नेपाली कांग्रेससँगको सहकार्यलाई निरन्तरता दिँदै ३२ असारमा प्रदेशसभा सचिवालयमा दर्ता गरिएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय भएको हो । सो निर्णय सर्वसम्मतरुपमा भएको उनको भनाइ छ ।
४० सदस्यीय कर्णाली प्रदेशसभामा नेपाली कांग्रेस र नेकपामा समान १४÷१४, एमालेका १० तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एक र स्वतन्त्र सांसद एक छन् ।
यसअघि कांग्रेसबाट सरकारमा सहभागी चार मन्त्रीले राजीनामा दिएपछि कांग्रेसका पाँच र नेकपाका ११ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वास प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया