मदन पुरस्कारका लागि १० पुस्तक छनोट, अज्ञातदेखि सलहसम्म

लोकपथ
0
Shares

काठमाडौं । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०८२’ का लागि उत्कृष्ट १० पुस्तकको छनोट गरेको छ ।

वर्ष ०८२ मा प्रकाशित पुस्तकमध्ये मदन पुरस्कारका लागि २९८ पुस्तक प्राप्त भएको थियो । त्यसमध्ये गुठीले १० वटा उत्कृष्ट पुस्तक छनोट गरेको हो ।

जसमा केशवराज ज्ञवालीको अज्ञात, केशव दाहालको इथा, ललित विष्टको उत्कर्ष, रोशनकुमार झाको नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास, वीणी जोशी (राजभण्डारी) को नेवार समुदायका परम्परागत मुकुन्डोनाच, उमा सुवेदीको परिधि, सीमा आभासको महायुग, श्रवण मुकारुङको सलह, डा. नवराज केसीको स्वस्पर्श र नदीशको हिउँद रहेका छन् ।

यसअघि अघिल्लो वर्ष छुदेन काबिमोको उरमालले मदन पुरस्कार प्राप्त गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?