जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिका–३ श्रीरामपुरबाट खैरो हेरोइन र सर्टगनको तीन राउण्ड गोलीसहित एक युवक पक्राउ परेका छन् ।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले स्थानीय २० वर्षीय मुकेश दासलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार दासको घरमा खानतलासी गर्दा लुकाइछिपाइ राखिएको अवस्थामा सर्टगनका तीन राउण्ड गोली बरामद गरिएको थियो । त्यसपछि गरिएको शरीर खानतलासीका क्रममा उनले लगाएको ट्र्याकसुटको पाइन्टको खल्तीबाट ०।११० मिलिग्राम खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ ।
बरामद भएको लागुऔषध र गोलीसहित दासलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया