काठमाडौं । फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा स्पेनले फ्रान्सविरुद्ध २ गोलले विजय हासिल गरेको छ । योसँगै साबिक उपविजेता फ्रान्स सेमिफाइनलबाटै पराजित भएको छ । फ्रान्स लगातार तेस्रोपटक फाइनल पुग्ने राष्ट्रको रूपमा रेकर्ड बनाउन पनि असफल भयो भने स्पेन दोस्रोपटक १६ वर्षपछि फाइनलमा पुगेको छ ।
स्पेनसँग हारसँगै फ्रान्सले लगातार तेस्रोपटक फाइनल पुग्ने राष्ट्रको रूपमा रेकर्ड बनाउन असफल भयो । प्रतियोगिताभर फ्रान्स पहिलोपटक गोलविहीन बन्यो ।
फाइनलमा स्पेनले अर्जेन्टिना र इंग्ल्यान्डको खेलबाट तय हुने विजेताको सामना गर्नेछ ।
अमेरिकाको डलास स्टेडियममा भएको खेलको २२औं मिनेटमा पेनाल्टी गोलमार्फत स्पेनले पहिलो अग्रता लिएको थियो । २०औं मिनेटमा फ्रान्सका डिफेन्डर लुकास डिग्नेले डिबक्सभित्र लामिन यामललाई लडाएपछि स्पेनले पेनाल्टी पाएको थियो । मिकेल ओयार्जाबलले पेनाल्टीलाई सदुपयोग गर्दे गोल गरेका हुन् ।
यस्तै, ५८औं मिनेटमा पेड्रो पोरोले गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाएका थिए । उनले दानी ओल्मोको असिस्टमा उक्त गोल गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया