काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले संसद् भवन चाहिँदैन भन्दै आगजनी गर्ने तर पछि त्यही संसद्को चुनाव लड्ने गतिविधि नै वास्तविक राजनीतिकरण भएको बताएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संसद् भवनमा आगो लगाएर पछि त्यही संसद्को चुनाव लड्ने प्रवृत्तिलाई राजनीतिकरणको संज्ञा दिएका हुन् ।
‘संसद् भवन चाहिँदैन भनेर आगो लगाउने तर पछि त्यही संसद्को चुनाव लड्ने गतिविधिलाई राजनीतिकरण भनिन्छ,‘ उनले भने ।
शाहीले सत्ता बाहिर हुँदा नेताको तलब–सुविधा हटाउनुपर्ने, सरकारी गाडी र सुरक्षाकर्मी नराख्नुपर्ने भन्दै विरोध गर्ने तर सत्ता पुगेपछि त्यही सुविधा र लावालस्करसहित हिँडेको आरोप लगाए ।
‘आफू पदमा नहुँदा नेताको तलब हटाउनुपर्छ, अघि र पछि ट्याइँट्याइँ र टुइँटुइँ गाडी, सुरक्षाकर्मी राख्न हुँदैन भन्ने तर आफू सत्तामा पुगेपछि सुरक्षाकर्मी, लावालस्कर लिएर हिँड्नेलाई राजनीतिकरण भनिन्छ,‘ उनले भने ।
त्यस्तै, सञ्चारमाध्यमको कार्यालयको गेटअगाडि गाडी तेर्स्याएर दबाब सिर्जना गर्ने कार्य पनि राजनीतिकरणकै उदाहरण भएको उनको टिप्पणी थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया