आज प्रतिनिधिसभा बैठक बस्दै, विभिन्न प्रतिवेदन र विधेयकमाथि छलफल हुने

लोकपथ
84
Shares

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले न्याय परिषद्को आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन संसद्मा पेस गर्नेछिन् ।

यस्तै, न्याय सेवा आयोग र लोक सेवा आयोगको ६६औँ वार्षिक प्रतिवेदन पनि बैठकमा प्रस्तुत गरिने कार्यसूची छ ।

अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन तथा खारेज गर्ने विधेयक, २०८३’ संसद्मा प्रस्तुत गर्नेछन् ।

त्यसैगरी, कानुनमन्त्री सोबिता गौतमले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेश गर्नेछिन् ।

बैठकमा ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ लाई पनि दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?