संसदलाई ट्रम्पको जानकारी : इरानविरुद्ध अमेरिकी सैन्य कारबाही फेरि सुरु भयो

लोकपथ
49
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

उनले सम्बोधनमा कुन विषयलाई प्राथमिकता दिनेछन् भन्नेबारे भने अहिलेसम्म ह्वाइट हाउसले आधिकारिक जानकारी सार्वजनिक गरेको छैन ।

ट्रम्पले यसअघि अप्रिल महिनामा पनि युद्धसम्बन्धी विषयमा राष्ट्रलाई सम्बोधन गरेका थिए । यसबीच, ट्रम्प प्रशासनले इरानविरुद्ध अमेरिकी सैन्य कारबाही पुनः सुरु गरिएको भन्दै अमेरिकी कंग्रेसलाई औपचारिक जानकारी दिएको छ ।

बीबीसीका अनुसार ट्रम्पले जुलाई १० मा सिनेटका कार्यवाहक अध्यक्ष चक ग्रास्लीलाई पत्र पठाउँदै जुलाई ७ देखि इरानविरुद्ध अमेरिकी सैन्य कारबाही पुनः सुरु भएको जानकारी गराएका थिए ।

पत्रमा उक्त हवाई आक्रमण अमेरिकी नागरिक तथा राष्ट्रिय हितको सुरक्षाका लागि गरिएको र त्यसको प्रकृति रक्षात्मक रहेको उल्लेख गरिएको छ ।

अमेरिकी कानुनअनुसार राष्ट्रपतिले कंग्रेसको पूर्वस्वीकृतिबिना सैन्य कारबाही सुरु गरेमा ४८ घण्टाभित्र त्यसबारे कंग्रेसलाई जानकारी गराउनुपर्ने व्यवस्था छ । सोही प्रावधानअनुसार ट्रम्प प्रशासनले कंग्रेसलाई औपचारिक जानकारी दिएको बताइएको छ ।

यद्यपि, आजको राष्ट्रका नाममा हुने सम्बोधनमा ट्रम्पले इरानसँग सम्बन्धित सैन्य कारबाहीबारे धारणा सार्वजनिक गर्नेछन् वा अन्य कुनै विषयमा बोल्नेछन् भन्नेबारे अझै स्पष्ट भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?