काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ ।
बैठकमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले विभिन्न वार्षिक प्रतिवेदनहरू संसदमा पेस गर्ने कार्यक्रम रहेको छ । उनले निर्वाचन आयोग, राष्ट्रिय सुरक्षा परिषद् र राष्ट्रिय महिला आयोगका आर्थिक वर्ष २०८१र०८२ का वार्षिक प्रतिवेदन प्रस्तुत गर्नेछिन् ।
त्यस्तै, युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) का दुई महासन्धिसम्बन्धी प्रस्ताव संसदमा प्रस्तुत गर्नेछन् ।
उनले बाध्यकारी श्रम महासन्धि र श्रम निरीक्षणसम्बन्धी महासन्धिमाथि छलफल गरी अनुमोदन गर्न प्रस्ताव राख्ने संसद् सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया