साबिक उपविजेता फ्रान्स सेमिफाइनलमा प्रवेश, मोरोक्को क्वाटरफाइनलबाटै बाहिरियो

लोकपथ
91
Shares

काठमाडौं ।   साबिक उपविजेता फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको बोस्टन स्टेडियममा आज शुक्रबार बिहान सम्पन्न क्वाटरफाइनल खेलमा मोरोक्कोलाई २–० गोल अन्तरले पराजित गर्दै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको हो । योसँगै फ्रान्स लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनलमा पुग्न सफल भएको छ ।

फ्रान्सको जितमा स्टार फरवार्ड केलियन एम्बाप्पे र ओसमान डेम्बेलेले एक–एक गोल गरे । पहिलो हाफ गोलविहीन भएकोमा उनीहरूले दुवै गोल खेलको दोस्रो हाफमा गरेका थिए । 

खेलको २९औँ मिनेटमा फ्रान्सले पेनाल्टीको सुवर्ण अवसर पाएकोमा  एम्बाप्पे चुकेका थिए । 

दोस्रो हाफको ६०औँ मिनेटमा एम्बाप्पेले फ्रान्सलाई १–० को अग्रता दिलाए । यो गोलसँगै एम्बाप्पे यस विश्वकपमा ८ गोल गर्दै लियोनेल मेस्सीसँगै सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा उक्लिएका छन् । त्यसलगत्तै ६६औँ मिनेटमा ओसमान डेम्बेलेले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए ।

सन् २०१८ को विजेता तथा साबिक उपविजेता फ्रान्सले अब फाइनल प्रवेशका लागि स्पेन र बेल्जियमबीचको खेलको विजेतासँग खेल्नेछ ।

गत विश्वकपमा सेमिफाइनलसम्म पुगेर इतिहास रचेको मोरोक्को यसपटक क्वाटरफाइनलबाटै बाहिरिएको छ । यो हारपछि अन्तर्राष्ट्रिय फुटबलमा मोरक्कोको लगातार ३४ खेलको अपराजित यात्रा पनि टुङ्गिएको छ ।

.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?