काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश गरेको छ । इजिप्टलाई ३–२ ले पराजित गर्दै अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
२ गोलले पछि परेको अर्जेन्टिना उत्कृष्ट पुनरागमन गर्दै .क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
खेलको पहिलो हाफको १५औँ मिनेटमा इजिप्टले अग्रता लिएको थियो ।
पहिलो हाफको १९औँ मिनेटमा अर्जेन्टिनाले पेनाल्टीको मौका पाएपनि लियोनल मेस्सी चुक्दा गोल हुन सकेन । फलस्वरूप पहिलो हाफमा अर्जेन्टिना गोलविहीन बन्यो ।
दोस्रो हाफको ५७औँ मिनेटमा इजिप्टका मोस्ताफा जिकोले गोल गरेको भएपनि भीएआर परीक्षणबाट इजिप्टले त्यसअघि फाउल गरेको देखाएसँगै सो गोलले मान्यता पाएन । तर ६६औँ मिनेटमा उनले गोल गर्दै नतिजा २–० को स्थितिमा ल्याए ।
७८औँ मिनेटमा अर्जेन्टिनाका क्रिष्टिन रोमेरोले अर्जेन्टिनाका लागि पहिलो गोल गरे भने ८३औँ मिनेटमा लियोनल मेस्सीले गोल गरे । २–२ को स्थिति हुँदा दोस्रो हाफको इन्जुरी समयको ९२ौँ मिनेटमा इन्जो फर्नान्डिजले गोल गरे । सोही गोल नै अर्जेन्टिना विजयको कारक बन्यो ।
अब क्वाटरफाइनलमा अर्जेन्टिनाले स्विट्जरल्याण्ड र कोलम्बोबीचको खेलबाट तय हुने विजेतासँग खेल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया