काठमाडौं । फिफा विश्वकपको राउन्ड अफ–१६ अन्तर्गत भएको प्रतिस्पर्धामा सहआयोजक अमेरिकालाई हराउँदै बेल्जियम क्वार्टरफाइनलमा प्रवेश गरेको छ । यो हारसँगै २४ वर्षपछि क्वार्टरफाइनल पुग्ने अमेरिकाको सपना अधुरै बनेको छ ।
अमेरिकाले सियाटल स्टेडियममा मंगलबार बिहान भएको खेलमा घरेलु टोलीलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दे बेल्जियम क्वार्टरफाइनलमा प्रवेश गरेको हो । बेल्जियमको जितमा चाल्र्स डे केटलेरले दुई, हान्स भानकेन र रोमेलु लुकाकुले एक एक गोल गरे ।
यो जीतसँगै बेल्जियम ८ वर्षपछि क्वार्टरफाइनलमा प्रवेश गरेको हो । सन् २०२२ को विश्वकपमा बेल्जियम समूह चरणबाटै बाहिरिएको थियो । बेल्जियम २०१८ को विश्वकपमा तेस्रो बनेको थियो । बेल्जियमले अब सेमिफाइनल प्रवेशका लागि स्पेनसँग खेल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया