काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद अर्जुननरसिंह केसीले वर्तमान सरकारको पहिलो १०० दिनको कार्यसम्पादन सन्तोषजनक नरहेको टिप्पणी गरेका छन् ।
सोमबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकार गठन हुँदा जनतामा देखिएको आशा र विश्वास पछिल्लो सय दिनमा क्रमशः क्षयीकरण हुँदै गएको बताए ।
केसीले सरकारले सार्वजनिक गरेको १०० बुँदे कार्यक्रममध्ये करिब ३७–३८ बुँदा मात्रै कार्यान्वयन भएको दाबी गर्दै बाँकी अधिकांश कार्यक्रम शून्य अवस्थामै रहेको बताए ।
उनले लोकतन्त्रमा परिणाम मात्र होइन, प्रक्रिया पनि विधिसम्मत हुनुपर्ने उल्लेख गर्दै वर्तमान सरकारले लोकतान्त्रिक पद्धति र प्रक्रिलाई निरन्तर बेवास्ता गरेको आरोप लगाए ।
प्रधानमन्त्रीको संसदप्रतिको जवाफदेहितामाथि पनि प्रश्न उठाउँदै केसीले संसद्मा प्रधानमन्त्रीले व्यक्त गर्ने धारणा आधिकारिक हुने स्मरण गराए । उनले जेठ १७ गतेदेखि उठाइएका प्रश्नहरूको पाँच सातासम्म पनि जवाफ नआउनु दुःखद् भएको बताए ।
प्रधानमन्त्रीले संसद्मा उपस्थित भएर आफ्ना धारणा स्पष्ट पार्नुपर्ने वा त्रुटि सच्याउनुपर्ने दायित्व रहेको उल्लेख गर्दै त्यसो नगर्नु संसद्को अपमान भएको उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया