काठमाडौं । डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।
मृत्युृ हुनेमा त्रिपुरासुन्दरी नगरपालिका–८ बस्ने ३८ वर्षीय विष्णु थापा रहेका छन् ।
आइतबार दिउँसो जगदुल्ला गाउँपालिका–४ माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ००५२ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब २०–२५ मिटर तल खसेको थियो । दुर्घटनामा जिपमा सवार रहेका उनको घटनास्थलमै मृत्यु भएको हो ।
जिपमा चालकसहित १४ जना सवार रहेको प्रहरीले जनाएको छ । चालकसहित अन्य १३ जना घाइते भएका छन् । घाइतेहरूको उद्धार गरी उपचारका लागि जुम्ला पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
उद्धारका लागि चन्दननाथ नगरपालिकाको एम्बुलेन्स जुम्लाबाट घटनास्थलतर्फ पठाइएको र दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया