बैतडीमा बस दुर्घटना

लोकपथ
609
Shares

काठमाडौं । बैतडीमा बस दुर्घटना भएको छ ।

शुक्रबार दिउँसो कैलालीको धनगढीबाट बैतडीतर्फ जाँदै गरेको सुपप्र ०१००१ खा ३९६३ नम्बरको बस दुर्घटनामा परेको हो ।

धनगढीबाट बैतडी जाने क्रममा बैतडीको पाटन नगरपालिका–८ गैराखान भन्ने स्थानमा उक्त बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता इन्स्पेक्टर भुवन तिमल्सिनाले लोकपथलाई जानकारी दिए ।

उनका अनुसार उक्त बसमा रहेका १७ जनाको उद्धार गरिएको छ । तर बसमा कतिजना सवार रहेका छन् भन्ने नखुलेको उनले बताए ।

‘बसबाट हालसम्म १७ जनाको उद्धार गरिएको छ । तर बसमा सुरुमा कतिजना सवार रहेका थिए भन्ने खुल्न सकेको छैन,’ इन्स्पेक्टर तिमल्सिनाले भने ।

दुर्घटनाग्रस्त बसबाट उद्धार गरिएकाहरुमध्ये कसैलाई डडेल्धुरा, कसैलाई पाटन त केहीलाई स्थानीय अस्पतालमा उपचारका लागि पठाइएको छ ।

बस के कारण दुर्घटनामा पर्‍यो भन्ने खुल्न सकेको छैन । सडकबाट १०० मिटर हाराहारीमा बस खसेको इन्स्पेक्टर तिमल्सिनाको भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?