काठमाडौं । स्वास्थ्य बिमा बोर्डले चालु आर्थिक वर्षमा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई कुल २३ अर्ब ४४ करोड २ लाख ९८ हजार १७६ रुपैयाँ भुक्तानी गरेको छ ।
बोर्डले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार उक्त भुक्तानीसँगै २०८२ साल मंसिर मसान्तसम्म बोर्डमा आबद्ध सबै सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको दाबी बक्यौता भुक्तानी गरिएको हो ।
२०८२ मंसिरपछिका दाबी भुक्तानीका लागि आवश्यक बजेट व्यवस्थापन तथा स्वास्थ्य बिमा कार्यक्रमको दिगो वित्तीय स्रोत सुनिश्चित गर्न सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय र पहल भइरहेको छ ।
बोर्डले सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई बिमित सेवाग्राहीको उपचार सेवामा कुनै अवरोध वा कठिनाइ हुन नदिई निर्धारित मापदण्डअनुसार गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया