नवलपरासी । नवलपरासी पूर्वको कावासोती नगरपालिका–८ खरकट्टा जंगलस्थित पूर्व–पश्चिम राजमार्गमा अज्ञात सवारीसाधनको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार गए राति नम्बर नखुलेको सवारीसाधनले हुप्सेकोट गाउँपालिका–५ निवासी २३ वर्षीय तिलबहादुर राना मगरलाई ठक्कर दिएको थियो ।
दुर्घटनापछि गम्भीर घाइते भएका उनलाई ट्राफिक प्रहरीको टोलीले उद्धार गरी तत्काल मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डा पुर्याएको थियो ।
टाउको र निधारमा गम्भीर चोट लागेका उनलाई थप उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज रिफर गरिएको थियो ।
उपचारकै क्रममा बिहान चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार दुर्घटनामा संलग्न अज्ञात सवारीसाधनको पहिचान र खोजी कार्य जारी छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया