रूपन्देही । नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा निकट समूहले आज लुम्बिनी प्रदेशस्तरीय भेला दाङको लमहीमा आयोजना गर्दैछ ।
समूहले यसअघि तयारी नपुगेका कारण स्थगित गरेको भेला आज गर्न लागेको हो । यो सातै प्रदेशमा आयोजना गरिने भेलामध्ये अन्तिम भेला हो ।
भेलाको मुख्य उद्देश्य पार्टीभित्र एकता कायम गर्ने, विशेष महाधिवेशनपछि अलग भएका तथा निराश बनेका नेता–कार्यकर्तालाई पुनः पार्टीको मूलधारमा ल्याउने र समसामयिक राजनीतिक विषयमा छलफल गर्ने रहेको छ ।
शेरबहादुर देउवा हाल विदेशमा रहेकाले समूहको नेतृत्व पूर्णबहादुर खड्काले गरिरहेका छन् । कार्यक्रममा गुरु बराल, किशोरसिंह राठोरलगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया