चोरीकै गाडी लिएर चोरी गर्दागर्दै पक्राउ परेपछि…

लोकपथ
126
Shares

काठमाडौं । चोरीको गाडी लिएर चोरी गर्दागर्दै प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाही बागमती नगरपालिका–४ का १८ वर्षीय जुमुन मिँया रहेका छन् ।

आज बिहान ४ बजेको समयमा सर्लाहीको बरहथवा नगरपालिका–३ स्थित प्रतिटोलमा चोरी गरिरहेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

मिँयाले सो स्थानको विजय यादवको घरबाट मोबाइल फोन र नगद चोरी गरी तत्काल छिमेकी मनोज सहनीको घरमा चोरी गर्न लागेका थिए । तर उक्त घरका सदस्यहरुले चोरी गर्न लागेको देखेपछि होहल्ला भएको थियो । त्यसपछि स्थानीयको सहयोगमा प्रहरीले मिँयालाई पक्राउ गरेको हो ।

मिँयाको साथबाट मधेश प्रदेश ०४–००१ च ०३६७ नम्बरको पिकअप गाडी समेत बरामद भएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार गत जेठ १९ गते इलाका प्रहरी कार्यालय हरिवन क्षेत्रबाट तथ्य खुलेको छ । हरिवनबाट हराएको पिकअप भ्यान समेत उनैले चोरी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?