इन्धनको मूल्य घटाउन सांसद ताहिर अली भाटको माग

लोकपथ
56
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ताहिर अली भाटले प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति तत्काल संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भाटले राष्ट्रभन्दा माथि कोही हुन नसक्ने भन्दै प्रधानमन्त्रीद्वारा व्यक्त केही अंश हटाउन सभामुखको ध्यानाकर्षण गराएका हुन् ।

बैठकमा विशेष समय लिएर बोल्दै सांसद भाटले संसद सुचारु गर्न प्रतिपक्ष सधैँ लचिलो देखिए पनि सत्तापक्षले प्रतिपक्षका जायज माग र आवाजलाई गम्भीरतापूर्वक नलिएको आरोप लगाएका हुन्

प्रधानमन्त्रीले सदनमा उपस्थित भएर यथार्थ जानकारीसहित देशको नाममा सम्बोधन गरेमा उनको सम्मान र गरिमा झन् बढ्ने धारणा उनले व्यक्त गरे । सांसद भाटले इन्धनको उच्च मूल्यवृद्धिका कारण सर्वसाधारण र किसानहरू चरम मर्कामा परेको भन्दै सरकारको आलोचना गरे ।

अन्तर्राष्ट्रिय बजारको उतारचढाव र छिमेकी मुलुक भारतको तुलना गर्दै उनले भने, ‘अन्तर्राष्ट्रिय स्तरमा युद्ध चलिरहेका बेला पनि भारतमा इन्धनको मूल्य बढेन, तर नेपालमा अस्वभाविक रूपमा वृद्धि गरियो । अहिले परिस्थिति सामान्य भइसक्दा समेत नेपालमा मूल्य घटाइएको छैन ।’
खेतीपातीको मुख्य समयमा इन्धनको मूल्य बढी हुँदा कृषि क्षेत्र प्रत्यक्ष प्रभावित भएको उल्लेख गर्दै उनले यो ‘जनताको सरकार’ हो भने तत्काल इन्धनको मूल्य घटाएर किसानलाई राहत दिन माग गरे ।

वर्तमान अवस्थामा इन्धन बिना खेतीपाती सम्भव नरहेकाले सरकारले अविलम्ब मूल्य समायोजन गर्नुपर्नेमा उनले जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?