नारायणगढ–मुग्लिन सडकखण्डमा यातायात सञ्चालन

लोकपथ
56
Shares

मुग्लिन । नारायणगढ–मुग्लिन सडकमा दुईतर्फी रुपमा यातायात सञ्चालनमा आएको छ । 

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बुधबार राति ९ बजे इच्छाकामना ५  तुइनखोलामा पहिरो खसेपछि सडकमा यातायात सेवा अवरुद्ध  भएको थियो । 

सडक सुपरभाइजर ईश्वर क्षेत्रीका अनुसार पहिरो हटाएपछि अहिले दुईतर्फी सञ्चालनमा आएको छ । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पहिरो र ढुंगा खसिरहने हुँदा यात्रुहरु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?