काठमाडौं । हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीले वेल घेराउ गरेपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।
बुधबार बसेको प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयक अन्तर्गत मन्त्रालयहरुको विभिन्न शिर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको मन्त्रीहरुले जवाफ दिने कार्यसूचि अन्तर्गत बैठक जारी रहँदा उक्त पार्टीका सांसदहरुले उभिएर विरोध गरिरहेका थिए ।
सभामुख डोलप्रसाद अर्यालले बस्न पटक पटक आग्रह गर्दा पनि नमानेपछि बैठक १५ मिनेटका लागि स्थगित गरेको हो ।
विपक्ष दलहरुले प्रधानमन्त्री बालेन्द्र साहको अभिव्यक्तिमाथि आपत्ति जनाउँदै संसदमा विरोध गर्दै आएका छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया