दासढुंगामा म्याजिक र स्कर्पियो ठोक्कियो

लोकपथ
84
Shares

काठमाडौं । चितवनको दासढुंगास्थित मुग्लिङ–नारायणगढ सडकखण्डमा म्याजिक अटो र स्कर्पियो एकआपसमा ठोक्किई दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।

मुग्लिङबाट नारायणगढतर्फ जाँदै गरेको ना १ ज ४८७६ नम्बरको म्याजिक र विपरित दिशाबाट जाँदै गरेको प्रदेश ३–०१–०२२ च १७५८ नम्बरको स्कर्पियो ठोक्किँदा दुवै सवारी साधनमा सवार यात्रु घाइते भएका हुन् ।

म्याजिकमा सवार घाइते हुनेमा नवलपरासीका ४९ वर्षीया गौरी लामिछाने, २८ वर्षीया मनिसा आले, निजको २० महिनाको छोरा पिन्स आले तथा चितवनकी २७ वर्षीया सीता दानी, २४ वर्षीया रचना गुरुङ र ५३ वर्षीय कान्छा दागी रहेका छन् ।

स्कर्पियोमा सवार घाइते हुनेमा सर्लाहीकी ४५ वर्षीया कविता अग्रवाल र निजको श्रीमान ५३ वर्षीय शषि भसाल अग्रवाल रहेका छन् ।

घाइते सबैको नयाँ मेडिकल कलेज, भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । म्याजिक चालक उदयपुर चौदण्डीगढी नगरपालिका–०४ बस्ने ३९ वर्षीय अशोक परियार तथा स्कार्पियो चालक सर्लाही हरिवन नगरपालिका–०२ बस्ने ३४ वर्षीय अशोक कुमार महत कैडीलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?