काठमाडौं । सार्वजनिक सेवा प्रवाहमा अवरोध पुर्याउँदै सेवाग्राहीलाई अनावश्यक दुःख दिएको आरोपमा प्रहरीले काठमाडौंको गुर्जुधारास्थित यातायात कार्यालय परिसरबाट ६ जना विचौलियालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ बस्ने २३ वर्षीय दोर्जे लामा, तथा धादिङको सिद्धलेक गाउँपालिका–१ बस्ने २७ वर्षीय डाक्सन गुरुङ, काठमाडौंको चन्द्रागिरी नगरपालिका–५ बस्ने २७ वर्षीय रन्जीत महर्जन, सोही ठाउँका ४९ वर्षीय केदार श्रेष्ठ, चन्द्रागिरी–१२ बस्ने ३२ वर्षीय आशिष श्रेष्ठ र ६ का २५ वर्षीय सविन तामाङ रहेका छन् ।
मंगलबार बिहान चन्द्रागिरी नगरपालिका–५ गुर्जुधारामा रहेको यातायात कार्यालयमा बिचौलियाहरूले सेवाग्राहीलाई दुःख दिइरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले उनीहरुलाई रङ्गेहात पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौं तथा प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले सार्वजनिक सेवा प्रवाहमा बाधा पुर्याउने तथा सेवाग्राहीलाई अनावश्यक सास्ती दिने गतिविधिमा संलग्न रहेकालाई रङ्गेहात पक्राउ गरेको हो ।
त्यसो त पछिल्लो समय सार्वजनिक निकायहरुमा सर्वसाधारणलाई दुख दिने विचौलियाहरुलाई प्रहरीले निगरानी बढाइ पक्राउ गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया