बढ्यो सुनचाँदीको मूल्य

लोकपथ
245
Shares

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ हजार २ सय रुपैयाँले बढेको हो ।

अघिल्लो साताको अन्तिम कारोबारको दिन अर्थात् शुक्रबार २ लाख ९२ हजारमा कारोबार भएको सुन आज १२ सय रुपैयाँले बढेर २ लाख ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ५५ रुपैयाँले बढेको हो ।

शुक्रबार ४ हजार ८४० रुपैयाँमा कारोबार भएको चाँदी आज ५५ रुपैयाँले बढेर ४ हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?