विश्वकप उद्घाटन खेलमा अमेरिकाको दमदार सुरुआत, पाराग्वेलाई ४-१ ले हरायो

लोकपथ
63
Shares

काठमाडौं । विश्वकप फुटबलको उद्घाटन खेलमा आयोजक अमेरिका विजयी हुँदै प्रतियोगिताको सुखद सुरुआत गरेको छ । घरेलु मैदानमा सम्पन्न खेलमा अमेरिकाले पाराग्वेलाई ४–१ ले पराजित गर्दै महत्वपूर्ण तीन अंक हासिल गरेको हो ।

अमेरिकाले ३२ वर्षपछि घरेलु मैदानमा विश्वकप आयोजना गरिरहेको छ । घरेलु समर्थकमाझ भएको पहिलो खेलमै टोलीले प्रभावशाली प्रदर्शन गर्दै जित निकालेको हो ।

खेलको सातौं मिनेटमै अमेरिकाले अग्रता लिएको थियो । वेस्टन म्याकेनीले दिएको पास पाराग्वेका डिफेन्डर डेनियस बोबाडिलाको खुट्टामा लागेर आत्मघाती गोल भएपछि अमेरिका १–० ले अघि बढ्यो ।

त्यसपछि फ्लोरियन बलागुनले ३१औं मिनेटमा गोल गर्दै अमेरिकाको अग्रता दोब्बर बनाए। पहिलो हाफको अतिरिक्त समयमा उनले व्यक्तिगत दोस्रो गोल गरेपछि अमेरिका ३–० को बलियो अवस्थामा पुगेको थियो ।

दुई गोलसँगै बलागुन विश्वकपमा अमेरिकाका लागि एकै खेलमा दुई गोल गर्ने दोस्रो खेलाडी बने । यसअघि सन् १९३० मा बर्ट प्याटनुडेले यस्तो उपलब्धि हासिल गरेका थिए ।

दोस्रो हाफमा पाराग्वेले खेलमा फर्कने प्रयास गर्यो । ७३औँ मिनेटमा मौरिकोले गोल गर्दै अन्तर ३–१ मा झारे। तर खेलको अन्तिम क्षणमा जियोभानो रेइनाले अर्को गोल थपेपछि अमेरिकाले ४–१ को सहज जित सुनिश्चित गर्यो ।

यो जितसँगै अमेरिका विश्वकप अभियानमा आत्मविश्वासका साथ अघि बढेको छ भने पाराग्वेले पहिलो खेलमै हार बेहोरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?