चेक रिपब्लिकमाथि दक्षिण कोरियाको २–१ को जित

दक्षिण कोरियाले विश्वकपको पहिलो खेलमै जित निकालेको यो चौथोपटक 

लोकपथ
63
Shares

काठमाडौं । दक्षिण कोरियाले चेक रिपब्लिकमाथि २–१ को जितसहित फिफा विश्वकप २०२६ मा सुखद सुरुवात गरेको छ ।

मेक्सिकोको ग्वाडालजारा रंगशालामा भएको आजको खेलमा एक गोलले पछि परेको दक्षिण कोरिया दोस्रो हाफमा १४ मिनेटमा दुई गोल फर्काउँदै २–१ले विजयी बनेको हो । 

१२औँ पटक विश्वकप खेलिरहेको दक्षिण कोरियाले विश्वकपको पहिलो खेलमै जित निकालेको यो चौथोपटक हो । यस्तै, उसले चेकियाविरुद्ध विश्वकपमा पहिलो जित हासिल गरेको हो । 

चेक रिपब्लिकका लादिस्लाभ क्रेज्कीले ५९औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । तर, त्यसको ८ मिनेटपछि ६७औं मिनेटमा दक्षिण कोरियाका ह्वाङ इनबियोमले गोल गरेका थिए । त्यसको १० मिनेटपछि खेलको ७७औँ मिनेटमा फ्रिकिकमार्फत आएको बललाई हेडरमार्फत चेक रिपब्लिकका थोमस सुसेकले गोलको दिशा दिएपनि अफसाइड पोजिसनमा हुँदा गोलले मान्यता पाएन ।

त्यसको तीन मिटेपछि ८०औँ मिनेटमा दक्षिण कोरियाका ओएच ह्योङयुले गोल गर्दै दक्षिण कोरियालाई जितको बाटो देखाए । त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन र दक्षिण कोरिया विजयी भयो ।

यो जीतसँगै समूह ‘ए’ मा पहिलो जित निकालेको दक्षिण कोरिया ३ अंक जोड्दै दोस्रो स्थानमा पुगेको छ । समान ३ अंक जोडेको मेक्सिको गोलअन्तरका आधारमा शीर्ष स्थानमा छ ।

अंकविहीन चेक रिपब्लिक तेस्रो र दक्षिण अफ्रिका अंकतालिकाको पुछारमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?