बालेनप्रति कांग्रेसको कटाक्ष– ‘संसदको रोष्ट्रम र्‍याप ब्याटलको स्टेज होइन’

लोकपथ
14
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन्द्र शाह बालेनको हालैको विवादित अभिव्यक्तिबारे कडा शब्दमा विरोध जनाएको छ ।

बुधबार बसेको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्र्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कडा रुपमा प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध जनाए ।

जेठ १७ गतेको बैठकमा प्रधानमन्त्री बालेनले ‘नेपालले पनि भारतको भूमी मिचेको’ भन्ने अभिव्यक्ति दिएका थिए । सोही विषयमा प्रतिक्रिया दिँदै आङ्देम्बेले उक्त अभिव्यक्तिले प्रधानमन्त्रीको गरिमा ध्वस्त बनाएको टिप्पणी गरे ।

र्‍याप ब्याटलमा प्रख्यात रहेका प्रधानमन्त्रीको प्रशंसा गर्दै आङ्देम्बेले संसदको रोष्ट्रम र्‍याप ब्याटलको स्टेज नभएको भन्दै कटाक्ष गरे ।

‘यही जेठ १७ गते बैठकमा छापामार शैलीमा उपस्थित भएर र्‍याप शैलीमा प्रधानमन्त्रीले जे बोल्नुभयो, यद्यपि म उहाँको र्‍यापको फ्यान पनि हुँ । उहाँको र्‍यापप्रति मेरो सम्मान पनि छ । प्रधानमन्त्रीज्यूले यहाँ आएर जे बोल्नुभयो त्यसले प्रधानमन्त्रीको पदको गरिमा ध्वस्त बनाएको भेउ नै पाउनुभएन । एउटा मञ्चमा बसेर र्‍याप गीत गाउनु र यहाँ बसेर मेरो प्रधानमन्त्रीले थाहा पाएन भन्न पनि मेरो मनले दिँदैन । तर त्यस्तै खालको अभिव्यक्ति दिनुभयो । तर उहाँको गरिमा ध्वस्त भएको भेउ पनि उहाँले पाउनुभएन । संसदको रोष्ट्रम र्‍याप ब्याटलको स्टेज थिएन र होइन भन्ने अलिकति पनि हेक्का उहाँले राख्नुभएन,’ उनले भने ।

त्यस्तै उनले बेलायतबाट सुरु भएको संसदीय व्यवस्थालाई दक्षिण एशियामा स्थापित गराउन नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री र भारतका पहिला प्रधानमन्त्री जवाहरलाल नेहरुले गरेको योगदानको चर्चा गरे ।

यसैगरी संसदीय इतिहासमा नै अहिलेसम्मका प्रधानमन्त्रीहरुले आफ्नो राष्ट्रियतामाथि नै असर पर्ने गरी बोलेको यो नै पहिलो घटना बनेको उनको भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?