काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १० हजार १ सय रुपैयाँले घटेको हो ।
अघिल्लो दिन ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज १० हजार १ सय रुपैयाँले घटेर २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १८५ रुपैयाँमा घटेको हो ।
हिजो मंगलबार ४ हजार ९२५ रुपैयाँमा कारोबार भएको चाँदी आज १८५ रुपैयाँले घटेर ४ हजार ४७० रुपैयाँमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया