काठमाडौं । नेकपा (एमाले)ले प्रधानमन्त्री वालेन्द्र साहले संसदमा नेपाल भारत सीमासम्बन्धी दिएको अभिव्यक्ति फिर्ता लिँदै क्षमायाचना नगरेसम्म संसदको कारबाही अघि नबढाउन माग गरेको छ ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा एमालेकी सचिव तथा सांसद पद्मा अर्यालले बोल्दै प्रधानमन्त्रीको अभिव्यक्तिप्रति विपक्षी दलहरूले पटकपटक ध्यानाकर्षण गराउँदा पनि सरकार गम्भीर नभएको आरोप लगाइन् ।
उनले २०७७ जेठ १३ गते जारी गरिएको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्साको प्रसंग स्मरण गर्दै राष्ट्रियताको सवालमा त्यतिबेला सत्तापक्ष र प्रतिपक्ष एकजुट भएको बताइन् । उनले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको अभिन्न भूभाग रहेको उल्लेख गर्दै उक्त नक्सालाई संविधानको अनुसूची संशोधनमार्फत संविधानको अंग बनाइएको दाबी गरिन् ।
अर्यालले भनिन्, ‘सम्मानीय प्रधानमन्त्रीज्यूले संसदको रोष्ट्रममा दिएको अभिव्यक्तिको भूलसुधार गरियोस्, क्षमा याचना गरियोस् र संसदलाई सुचारु रूपमा अघि बढाइयोस् भनेर हामीले पटक–पटक ध्यानाकर्षण गराएका छौँ ।’
उनले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति फिर्ता नलिएसम्म संसद चल्न नदिने अडान पनि दोहोर्याइन् ।
एमालेले सीमा विवाद र राष्ट्रिय अखण्डतासँग जोडिएको विषयमा सरकारले संवेदनशील हुनुपर्नेमा जोड दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया