घट्यो सुनको मूल्य, चाँदी के भयो ?

लोकपथ
525
Shares

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९ सय रुपैयाँले घटेको हो ।

अघिल्लो दिन ३ लाख ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९ सय रुपैयाँले घटेर २ लाख ९९ हजार ९ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै , आज चाँदीको मूल्य भने बढेको छ । महासंघमा अनुसार आज चाँदी प्रतितोला १० रुपैयाँले बढेको हो । शुक्रबार ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर ४ हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?