रास्वपाको ५६ जिल्लामा अधिवेशन सम्पन्न, १२ जिल्लामा जारी  [विवरणसहित]

लोकपथ
70
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभरका ५६ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरेको जनाएको छ ।

पार्टीका प्रवक्ता मनिष झाले जेठ २३ र २४ गते तय गरिएको ६८ जिल्ला अधिवेशनमध्ये हालसम्म ५६ जिल्लामा अधिवेशन सम्पन्न भएको जानकारी दिए ।

उनका अनुसार बाँकी १२ जिल्लामा अधिवेशन प्रक्रिया जारी रहेको छ ।

रास्वपाले संगठन विस्तार तथा नेतृत्व चयनलाई केन्द्रमा राखेर जिल्ला अधिवेशन सञ्चालन गरिरहेको जनाएको छ । पार्टीले अधिवेशनमार्फत स्थानीय तहसम्म संगठन सुदृढ बनाउने लक्ष्य लिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?