धादिङ । १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा निलकण्ठ नगरपालिका-४ बस्ने २१ वर्षीय विकाश श्रेष्ठ रहेका छन् ।
विकाशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले उनलाई बिहीबार पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया