काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ हजार १ सय रुपैयाँले घटेको हो ।
अघिल्लो दिन ३ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला २ हजार १ सय रुपैयाँले घटेर ३ लाख ९ हजारमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । महासंघमा अनुसार आज चाँदी प्रतितोला ५५ रुपैयाँले घटेको हो ।
हिजो बिहीबार ५ हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५५ रुपैयाँले घटेर ५ हजार २३० रुपैयाँमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया