सशस्त्रका ७ डीआईजीको सरुवा र ७ जनाको पदस्थापन : नम्बर २ मा भट्ट, ५ मा अधिकारी [सूचीसहित]

लोकपथ
0
Shares

काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका सात जना नायव महानिरीक्षक (डीआईजी) को सरुवा र सात जनाको पदस्थापन गरेको छ । 

जसअनुसार, नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीमा विष्णुप्रसाद भट्ट, नम्बर ५ विन्ध्यवासिनी मुख्यालय महोत्तरीमा दीपक अधिकारी, नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा कृष्णराज पाठकलाई सरुवा गरिएको छ । 

यसैगरी, दीपेन्द्र शाहलाई इन्टेलिजेन्स ब्युरो, कृष्ण ढकाललाई कार्य विभाग, दीपेन्द्र कुँवरलाई मानवस्रोत विभाग र सुरेशकुमार श्रेष्ठलाई सीमा सुरक्षा विभाग सरुवा गरिएको छ । 

यस्तै, केही दिनअघि मात्रै बढुवा भएका दिगविजय सुवेदीलाई नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीमा पदस्थापन गरिएको छ । उनी सोही बाहिनीको निमित्त बाहिनीपति थिए । 

यसैगरी, किरण बस्नेतलाई नम्बर ३ गढिमाई बाहिनी मकवानपुर, माधवप्रसाद पौडेललाई नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौं, प्रविण कँडेललाई नम्बर ४ मुक्तिनाथ बहिनी मुख्यालय कास्की, राजेश उप्रेतीलाई एपीएफ कमान्ड तथा स्टाफ कलेज, नेत्रबहादुर कार्कीलाई सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन गरिएको छ । अब कार्कीले प्रवक्ताको जिम्मेवारी बहन गर्नेछन् । 

यस्तै, राजेन्द्र खड्कालाई मानवस्रोत विभागमा पदस्थापन गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?