काठमाडौं । सशस्त्र प्रहरी बलको मुख्यालय हलचोकस्थित सवारीसाधन शाखा (एमटी शाखा) मा भएको आगलागीको घटनाबारे छानबिन गर्न समिति गठन भएको छ ।
बुधबार बेलुकी सशस्त्र हेडक्वार्टरको एमटी शाखामा आगलागी भएको थियो । त्यसबारे छानबिन गर्न सशस्त्र प्रहरी बलका डीआईजी सन्दीप थापाको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो ।
घटनाबारे सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिसकेको र उक्त समितिले काम गरिसकेको सशस्त्रका डीआईजी समेत रहेका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिए ।
गएराति ८ बजेको समयमा हलचोकस्थित सवारी शाखामा आगलागी भएको थियो । बंगलामुखी गणबाट खटिएको टोलीले तत्काल आगो नियन्त्रणमा लिए पनि केही सवारीसाधनमा क्षति पुगेको बताइएको छ ।
हालसम्म के कारणले आगलागी भएको हो भन्ने खुल्न सकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया