घट्यो सुनचाँदीको मूल्य

लोकपथ
287
Shares

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्यले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ सय रुपैयाँले घटेको हो ।

अघिल्लो दिन ३ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ सय रुपैयाँले घटेर ३ लाख ११ हजार १ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ८५ रुपैयाँले घटेको हो ।

हिजो बुधबार ५ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज ८५ रुपैयाँले घटेर ५ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?