भायानेटको वाईफाई ६ इन्टरनेट र भायाटिभीसँगै अब स्टेडियम घरमै

लोकपथ
0
Shares

काठमाडौं । नेपालको इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक भायानेट कम्युनिकेसन्सले ग्राहकहरूका लागि नवीनतम वाईफाई ६ प्रविधिसहितको २५० एमबिपिएस इन्टरनेट प्याकेज १३,८०० प्रति वर्ष, करसहित मा उपलब्ध गराउँदै आएको छ ।

यस अफरअन्तर्गत २,८२५ पर्ने वाईफाई ६ ओएनयू जडान शुल्क नलाग्ने र केवल १,००० डिपोजिट मात्र लाग्नेछ । यो प्याकेज छिटो, भरपर्दो र आधुनिक इन्टरनेट अनुभव चाहने ग्राहकहरूका लागि उपयुक्त छ ।

ग्राहकहरूले यस प्याकेजसँगै भायाटिभी मात्र २५० प्रति महिना (करसहित) मा थप गर्न सक्नेछन् । भायाटिभीमा २०० भन्दा बढी च्यानल, प्रत्यक्ष टिभी रोक्ने र फेरि चलाउने सुविधा, कार्यक्रम तालिका, चलचित्र, सिरिज लगायतका मनोरञ्जन सुविधा उपलब्ध छन् । साथै, वार्षिक प्याकेज लिने ग्राहकहरूले पहिलो सेट–टप–बक्सका लागि २,२६० पर्ने सक्रिय शुल्क नलाग्ने सुविधा पाउनेछन्। सेट–टप–बक्सका लागि केवल १,००० डिपोजिट मात्र लाग्नेछ ।

ग्राहकहरूलाई थप फाइदा दिन भायानेटले डामी एप सँग पनि सहकार्य गरेको छ । यस अफरअन्तर्गत वार्षिक प्याकेज नवीकरण गर्ने ग्राहकहरूले १,५०० बराबरको १ वर्षको डामी एप सदस्यता निःशुल्क पाउन सक्नेछन् । डामी एपमार्फत ग्राहकहरूले रेस्टुरेन्ट, कपडा पसल, सैलुन, खुद्रा पसल लगायत विभिन्न ठाउँमा आकर्षक छुट पाउन सक्नेछन् । यो सुविधा हाल काठमाडौं, पोखरा र चितवन का ग्राहकहरूका लागि मात्र लागू हुनेछ ।

भायानेटको उच्च गतिको वाईफाई ६ इन्टरनेट, भायाटिभीको मनोरञ्जन सुविधा र डामी एपको बचत सुविधासँगै ग्राहकहरूले घरमै राम्रो मनोरञ्जन र बाहिर किनमेल तथा सेवामा थप बचतको लाभ लिन सक्नेछन् । भायानेटको यस सिजनको सन्देश हो — ‘अब स्टेडियम घरमै, मनोरञ्जन अब घरमै ।’

यसैबिच, भायाटिभी ग्राहकहरूले फुटबल विश्वकप २०२६ हेर्न आवश्यक कुपन पनि भायानेटमार्फत खरिद गर्न सक्नेछन् ।

फुटबल विश्वकप २०२६ को नेपालमा प्रसारण गर्ने अधिकार हिमालय टिभी सँग रहेको छ । हिमालय टिभीले तोकेको दरअनुसार ग्राहकहरूले ९९९ प्रति टिभीमा कुपन खरिद गरी भायाटिभीमार्फत हिमालय स्पोर्ट्स च्यानल मा खेलहरू प्रत्यक्ष हेर्न सक्नेछन् ।

ग्राहकहरूले ईसेवा, खल्ती, फोनपे, कनेक्ट आइपिएस लगायतका अनलाइन भुक्तानी एपमा भायानेट खोजेर आफ्नो भायानेट ग्राहक आईडी राखी कुपन खरिद गर्न सक्नेछन् । साथै, भायाटिभीमा हिमालय स्पोर्ट्स च्यानल खोल्दा देखिने क्युआर कोड स्क्यान गरेर पनि कुपन खरिद गर्न सकिनेछ ।

भुक्तानी पूरा भएपछि ग्राहकहरूले भायाटिभीमा हिमालय स्पोर्ट्स च्यानल खोली, खरिद गरिएको कुपन छानेर च्यानल सक्रिय गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?