काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ गते भएका घटनाहरू सामान्य आन्दोलन वा क्रान्ति नभई तत्कालीन सरकारलाई विस्थापित गर्ने उद्देश्यसहित रचिएको पूर्वनियोजित षड्यन्त्र भएको बताएका छन् ।
अध्यक्ष ओलीले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनको सारसंक्षेप उद्धृत गर्दै ती घटनाहरू प्रायोजित, योजनाबद्ध र आपराधिक क्रियाकलापको हिस्सा रहेको दाबी गरेका हुन् ।
उनले संवैधानिक र लोकतान्त्रिक प्रक्रियाबाट बलियो तथा जननिर्वाचित बहुमतको सरकारलाई हटाउन नसकेपछि अवैधानिक र आपराधिक बाटो अपनाइएको आरोप लगाए । ओलीका अनुसार सरकारविरुद्ध पहिल्यैदेखि योजनाबद्ध रूपमा विभिन्न गतिविधि सञ्चालन गरिएको थियो ।
उनले आगजनी, पेट्रोल बम निर्माण तथा प्रज्वलनशील पदार्थ प्रयोगसम्बन्धी तालिम दिइएको, नेताहरूका घर र सम्पत्तिको विवरण गुगलमार्फत सङ्कलन गरिएको तथा देशभर आगलागी गराउने योजना बनाइएको दाबी गरे । संसद् भवन, सिंहदरबार र सर्वोच्च अदालतजस्ता संरचनासहित विभिन्न व्यापारिक प्रतिष्ठानलाई समेत निशाना बनाउने तयारी गरिएको उनको भनाइ थियो ।
ओलीले लोकप्रिय नेताहरूलाई अलोकप्रिय बनाउन झुटा र बनावटी आरोप लगाउने योजना पनि सोही षड्यन्त्रको हिस्सा रहेको जिकिर गरे ।
उनले आपराधिक गतिविधि स्वयं आयोजना गरेर दोष अरूमाथि थोपर्ने प्रवृत्ति देखिएको भन्दै उक्त घटनालाई ‘काँक्रो खाएर बियाँ अर्काको गालामा टाँस्ने’ प्रयासको संज्ञा दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया