काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ११ हजार ३ सय रुपैयामा कारोबार भइरहेको छ । हिजो मंगलबार पनि सोही मूल्यमा कारोबार भइरहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ३५ रुपैयाँले घटेको हो । हिजो मंगलबार ५ हजार ४०५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ३५ रुपैयाँले घटेर ५ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया