काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ सय रुपैयाँले घटेको हो ।
अघिल्लो दिन ३ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ सय रुपैयाँले घटेर ३ लाख १० हजार ९ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १० रुपैयाँले बढेको हो । हिजो आइतबार ५ हजार ३४५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर ५ हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया