कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय भेला आजदेखि, सभापति थापाले सम्बोधन गर्ने

लोकपथ
77
Shares

बुटवल । नेपाली कांग्रेसले ‘जरा अभियान’ अन्तर्गत लुम्बिनी प्रदेश तथा स्थानीय तह केन्द्रित दुईदिने प्रदेशस्तरीय भेला आजदेखि सुरु गरेको छ ।

पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्णयअनुसार तिलोत्तमा मा आयोजना गरिएको भेला आज र भोलिसम्म सञ्चालन हुनेछ ।

नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणका अनुसार भेलाको उद्घाटन आज दिउँसो १२ बजे नेपाली कांग्रेसका सभापति गगन थापाले गर्ने कार्यक्रम रहेको छ ।

भेलामा लुम्बिनी प्रदेशका केन्द्रीय कार्यसमिति पदाधिकारी तथा सदस्य, प्रदेश कार्यसमिति पदाधिकारी, प्रदेश सरकारका प्रतिनिधि, प्रदेशसभा सदस्य, प्रदेशका १२ वटै जिल्लाका सभापति, जिल्ला समन्वय समितिका प्रमुख–उपप्रमुख तथा स्थानीय तहका प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्षहरूको सहभागिता रहने जनाइएको छ ।

त्यसैगरी, प्रदेशभित्रका जिल्ला प्रशिक्षण शाखाका प्रमुख, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा आबद्ध सदस्य, रुपन्देही जिल्लाका पार्टी पदाधिकारी, महासमिति सदस्य तथा प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रीय सभापतिहरू पनि कार्यक्रममा सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?